पाँच वर्षमा ‘फास्टट्रयाक’को निर्माण पूरा हुन्छः सेना « Khabarhub

पाँच वर्षमा ‘फास्टट्रयाक’को निर्माण पूरा हुन्छः सेना


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक)को निर्माण २०८१ को वैशाखमा सकिने जनाएको छ ।

सोमबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले वि.सं. २०८१ वैशाखसम्म फास्टट्रयाकको निर्माण सकिने बताए ।

राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माणको काम गरिरहेको छ ।

फास्टट्रयाक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना भएका बेला नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सकिने जानकारी दिएको हो ।

काठमाडौं–निजगढ जोड्ने कुल ७२.५ किलोमिटर लामो फास्टट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ ।

ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्टट्रयाक पहाडी क्षेत्रमा २५ मिटर र समथर भू–भागमा २७ मिटर फराकिलो हुने सेनाले जनाएको छ ।

फास्टट्रयाकका तीन ठाउँमा सुरुङमार्ग हुनेछ । महादेवडाँडामा ३.३ किमि, धेद्रेमा १.६ किमि र लैनडाँडामा १.४ किलोमिटर लामो सुरुङ हुनेछ ।

फास्टट्रयामा ८७ ओटा पुल रहनेमा १६ ओटा विशेष प्रकृति र ७१ ओटा अरु पुल रहने जनाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : ४४ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार