भ्रमण वर्षलाई सहयोग गर्ने वायुसेवा सञ्चालकको प्रतिबद्धता « Khabarhub

भ्रमण वर्षलाई सहयोग गर्ने वायुसेवा सञ्चालकको प्रतिबद्धता


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हवाई यातायात व्यवसायीको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ ।

संघ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईबीच आज सिंहदरबारमा भएको छलफलमा संघका पदाधिकारीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री भट्टराईले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको हवाई क्षेत्रको भ्रमण वर्षलाई फलदायी बनाउन महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेका थिए ।

मन्त्रीको सहयोगको आह्वानप्रति प्रतिबद्धता जनाउँदै वायुसेवा सञ्चालकले सहयोग र सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका उनको सचिवालयले जनाएको छ ।

पर्यटनमन्त्री र संघका पदाधिकारीबीचको छलफलमा वायुसेवा सञ्चालकले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग तथा सहभागिताको प्रतिबद्धता जनाएका थिए । छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीका विषयमा जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षाबारेमा धारणा राखेका थिए ।

मन्त्री भट्टराईले वायुसेवा सञ्चालकलाई नेपाल भ्रमण वर्षका सन्दर्भमा विशेष छुट, प्याकेजलगायतका कार्यक्रम बनाउन आग्रह गरेका थिए ।

यसैगरी उनले भ्रमण वर्षको उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्नका लागि अनुरोध गरेका थिए । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले भ्रमण वर्ष अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने मागसमेत राखेका थिए । यसैगरी काठमाडौँदेखि रामेछापसम्मको सडक स्तरोन्नतिका लागि अनुरोध गरे ।

संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रालीका योगराज कँडेल शर्मालगायतले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा कम्पनीको सहयोग रहने बताएका थिए ।

विदेशी विशिष्ट व्यक्तित्व र सेलीब्रेटीलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसका विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, पर्यटन बोर्ड र वायुसेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएको छ ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठलगायत सहभागी भएका थिए ।

पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० का विषयमा छलफललाई तीव्र बनाएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : १३ बजे

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी

‘चुनौतीकाबीच सम्मानजनक मत पायौँ’

काठमाडौं– उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

जेन-जी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह : अर्थ मन्त्रालय

काठमाडौं– अर्थ मन्त्रालयले ‘जेन-जी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता

ओली हार्दा प्रधानमन्त्री कार्की चकित, भनिन् ‘मैले त्यस्तो होला भन्ने कल्पना गरेको थिइनँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले