खसी काण्डमा मुछिएका डीएसपी शाही कोहलपुर घटनापछि जिल्ला तानिए « Khabarhub

खसी काण्डमा मुछिएका डीएसपी शाही कोहलपुर घटनापछि जिल्ला तानिए


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोहलपुर- ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन्।

आइतबार कोहलपुरमा भएको घटनापछि सोमबार शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो। शाही यस अघि पनि खसी काण्डका कारण विवादमा मुछिएका थिए ।

सोमबार बसेको सर्वपक्षीय छलफलबाट घटनाको छानबिन गर्नको समिति बनाउन सरकारलाई आग्रह गर्ने र घाइतेहरूको उपचार खर्च सबै राज्यले व्यहोर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

प्रहरीले विद्यार्थीमाथि अनावश्यक बल प्रयोग गरी विद्यार्थीलाई गोली समेत चलाएको भन्दै प्रदर्शनकारीले तत्काल डिएसपी शाहीलाई कारबाही र सरूवाको माग गर्दै प्रदर्शन गरेका थिए ।

आइतबार बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृति चन्दलाई ट्रकले ठक्कर दिई घाइते बनाएपछि विद्यार्थीसहित स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

घटनामा पुगेको प्रहरीले समेत विद्यार्थीमाथि नै हातपात तथा लाठी चार्ज गरेको स्थानीयको आरोप छ । स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ४६ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार