४ बुँदे सहमतिपछि नेशनल मेडिकल कलेजका विद्यार्थीद्वारा आन्दोलन स्थगित « Khabarhub

४ बुँदे सहमतिपछि नेशनल मेडिकल कलेजका विद्यार्थीद्वारा आन्दोलन स्थगित


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुल्क फिर्ताको मागसहित लामो समयदेखि आन्दोलन गर्दै आएका विरगंजको नेशनल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् ।

कलेज सञ्चालक र आन्दोलनरत विद्यार्थी बीच आज शुल्क फिर्ताको विषयमा ४ बुँदे सहमति भएसँगै विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

१० मंसिरमा शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका क्रममा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरुबीच वार्ता भएको हो ।

वार्तामा कलेज प्रशासनले शैक्षिक वर्ष २०७५/७६ का पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन , होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने सहमति जनाएको छ ।

समायोजनको लिस्ट एक सातामा प्रकाशित गर्नुपर्नेछ । शैक्षिक वर्ष २०७५/७६को हकमा तोकिएको शुल्क बाहेक अरु आजैबाट समायोजन र फिर्ता प्रक्रिया सुरु गर्ने सहमति भएको छ ।

सहमतिको पत्र

 

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : ०१ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार