साग विजेता खेलाडीका लागि बुधबार प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने « Khabarhub

साग विजेता खेलाडीका लागि बुधबार प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता नेपाली खेलाडीहरुका लागि सरकारले विशेष प्याकेजको घोषणा गर्ने भएको छ ।

मंगलबार साग समापन कार्यक्रम भए पनि बुधबार प्रधानमन्त्री ओलीले खेलाडीहरुका लागि विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश शिलवालले बताए ।

उनले भने, ‘सम्भवतः पर्सी प्रधानमन्त्रीले खेल क्षेत्रलाई सम्बोधन गर्नुहुनेछ र हालसम्मकै ठूलो प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ ।’

प्रतियोगिता सुरु हुन अघि पदक जित्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्रीको अस्वस्थताका कारण पुरस्कार रकम घोषणा गर्न पाएको थिएन ।

युवा तथा खेलकुद मन्त्रालय र राखेपले मंसिर १० गते प्रधानमन्त्री केपी ओलीबाट पदक जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा कार्यक्रम राखेको थियो । तर प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि पुर्व निर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन सकेन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने समापन समारोहमा उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली समापन कार्यक्रममा उपस्थित हुन नसकेपछि कार्यक्रममा भिडियो सन्देश दिने बताइएको छ । राखेप सदस्य सचिव रमेश कुमार सिलवालले समापन कार्यक्रम भव्य पार्ने बताएका छन् ।

साग मंसिर १५ गते शुरु भएको साग मंगलबार समापन हुँदैछ । जारी सागमा नेपालले ५० स्वर्ण जित्ने लिएको थियो भने अहिलेसम्म ४९ स्वर्ण पदक नेपालले जितिसकेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : १८ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार