साग विजेता खेलाडीका लागि बुधबार प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने | Khabarhub Khabarhub

साग विजेता खेलाडीका लागि बुधबार प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता नेपाली खेलाडीहरुका लागि सरकारले विशेष प्याकेजको घोषणा गर्ने भएको छ ।

मंगलबार साग समापन कार्यक्रम भए पनि बुधबार प्रधानमन्त्री ओलीले खेलाडीहरुका लागि विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश शिलवालले बताए ।

उनले भने, ‘सम्भवतः पर्सी प्रधानमन्त्रीले खेल क्षेत्रलाई सम्बोधन गर्नुहुनेछ र हालसम्मकै ठूलो प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ ।’

प्रतियोगिता सुरु हुन अघि पदक जित्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्रीको अस्वस्थताका कारण पुरस्कार रकम घोषणा गर्न पाएको थिएन ।

युवा तथा खेलकुद मन्त्रालय र राखेपले मंसिर १० गते प्रधानमन्त्री केपी ओलीबाट पदक जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा कार्यक्रम राखेको थियो । तर प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि पुर्व निर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन सकेन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने समापन समारोहमा उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली समापन कार्यक्रममा उपस्थित हुन नसकेपछि कार्यक्रममा भिडियो सन्देश दिने बताइएको छ । राखेप सदस्य सचिव रमेश कुमार सिलवालले समापन कार्यक्रम भव्य पार्ने बताएका छन् ।

साग मंसिर १५ गते शुरु भएको साग मंगलबार समापन हुँदैछ । जारी सागमा नेपालले ५० स्वर्ण जित्ने लिएको थियो भने अहिलेसम्म ४९ स्वर्ण पदक नेपालले जितिसकेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : १८ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको