ठट्टामै बित्यो मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले देखाए पुरानै पारा !  « Khabarhub

ठट्टामै बित्यो मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले देखाए पुरानै पारा ! 


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटार फर्केपछि पहिलो पटको बसेको मन्त्रिपरिषद बैठक खास महत्वपूर्ण निर्णयविना नै सम्पन्न भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकमा महत्वपूर्ण छलफल र ठोस निचोडको आशा धेरै मन्त्रीले गरेको भए पनि प्रधानमन्त्री ओली भने पुरानै ठट्यौली पारामै प्रस्तुत भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

उनले भने, ‘प्रधानमन्त्री ओली बिरामीबाट भर्खर तँग्रेका कारण मलिन होलान् भन्ने पनि हामीलाई लागेको थियो, तर ओली भने क्याविनेटमा पनि ठट्यौली लवजमै प्रस्तुत हुनुभयो ।’

उनका अनुसार बैठक झण्डै ४ घण्टा चलेको थियो । बैठकमा २७ वटा विभिन्न झिनामसिना मन्त्रालयका प्रस्ताव मुख्य सचिवले पढेर सुनाए । मन्त्रीहरुले खासै ध्यान दिएर सुन्दा पनि सुनेनन् । खासै महत्वका साथ हेरिनु पर्ने खालका प्रस्ताव पनि थिएनन् ।

बैठकमा प्रधानमन्त्री ओलीको ठट्टाले सरकारलाई कालापानीको मुद्दाले नछोएको सहजै बुझ्न सकिएको उनले बताए ।

प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्थाका विषयमा पनि ठट्यौली पारामै प्रस्तुत भएको उनले जनाए । प्रधानमन्त्री ओलीको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘अस्पतालमा आन्द्राभुँडी सबै सफा गरेर आएको छु, पेटमा फोहर बॉकी छैन, अब त‌ँग्रिएँ ।’

त्यस्तै भारतसँगको सीमा विवादका सन्दर्भका केही महत्वपूर्ण विषय उठ्ने आम अपेक्षा अनुरुप ओली एकपटक गम्भीर भए झैँ प्रस्तुत भए पनि पुनः ठट्यौली रुपमै प्रस्तुत भएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले ठट्यौली पारामा भनेको थिए, ‘हामी पनि दिल्लीसहितको नक्सा हाम्रो तिर पारेर जारी गरौं न ।’

हासो र ठट्टामै बितेको बैठकका बारेमा ती मन्त्रीले भने, ‘ओलीजीमा आफ्नै स्वास्थ्यको पनि चिन्ता देखिनँ मुलुकउपर पनि त्यस्तो गम्भीरता मैले पाइनँ । सायद ओलीलाई ज्यानले साथ दिनुको राज पनि यही हॉसो र ठट्टा पनि हो कि ?’

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ०१ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार