नोकियाको बनाना फोनको मूल्य घट्यो, यस्ता छन् विशेषता « Khabarhub

नोकियाको बनाना फोनको मूल्य घट्यो, यस्ता छन् विशेषता


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व मोबाइल बजारमा आफ्नो पुरानो पहिचान फर्काउन लागिपरेको नोकियाले भिन्न र नयाँ देखिने उत्पादनहरु ल्याइरहेको छ । गत वर्षको मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक भएको नोकिया ८११० (४ जी) फोन पनि डिजाइनका कारण चर्चामा आएको थियो ।

नोकियाले यस वर्ष उक्त मोबाइलको मूल्य घटाएको छ । भारतीय बजारमा चर्चा कमाएको यो फोनको मूल्य १ हजार रुपैयाँ भारु घटेको एचएमडी ग्लोबलले जनाएको छ ।

यसअघि उक्त मोबाइलको मूल्य ५ हजार ९ सय ९९ भारु थियो । अब यो मोबाइल ४ हजार ९ सय ९९ भारुमा उपलब्ध हुने छ ।

नेपाली बजारमा भने यो मोबाइल अहिले उपलब्ध छैन ।
नोकियाले नेपाली बजारमा पनि यो मोबाइल बिक्रीका लागि उपलब्ध गराउने जनाएको भएपनि अहिलेसम्म बिक्रीमा आइसकेको छैन ।

भारतीय बजारमा सन् २०१८ को फेब्रुअरी महिनामा लञ्च यो मोबाइल चौथो पुस्ताको नेटवर्क (फोरजी)मा आधारित छ । १.१ जीएचजेड डूअल–कोर क्वालकम स्यापड्रागन २०५ प्रोसेर भएको यो मोबाइलमा ५१२ जीबीको ¥याम र ४ जीबीको इन्टरनल स्टोरेज छ ।

यसमा १५०० एमएएच क्षमताको ब्याट्री छ । यद्यपि पछिल्लो संस्करणमा भने केही अपडेट गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ४ : २७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको