अनुष्काले बोकेको यो व्यागको मूल्य २ लाख ५० हजार ! « Khabarhub

अनुष्काले बोकेको यो व्यागको मूल्य २ लाख ५० हजार !


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय सिलेब्रिटी र फिल्म अभिनेत्रीहरुले महंगो र ब्राण्डेड सामानको प्रयोग गर्नु सामान्य कुरा हो । सर्वसाधारणले सेलिब्रेटीको खानपान, पहिरन देखि हरेक कुरालाई ख्याल गरिरहेका हुन्छन् ।

सामान्यता महिलाहरुले ह्याण्ड व्यागको प्रयोग गर्छन् । कतै जाँदा वा पार्टीहरुमा जाँदा प्रयोग गर्ने ह्याण्ड व्यागहरु तपाइँहरुले कति मूल्यको प्रयोग गर्ने गर्नु भएको छ ।

२ हजार देखि ८/१० हजार सम्मको बोक्ने गर्नुभएको छ होला ? तर भारतीय फिल्म अभिनेत्रीले बोकेको एउटा ह्याण्ड व्यागको मूल्य निकै धेरै रहेको छ ।
करीना कपूर खान देखि लिएर सोनम कपूर तथा आलिया भट्टसम्म सामान्यतया ह्याण्ड व्यागहरु बोक्छन् जसको मूल्य लाखौं रुपयाँ हुने गरेको छ ।
करीनाले बोक्ने हर्मिस व्यागको मूल्य त १० लाख रुपैयाँ रहेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।
अव यो लिस्ट मा अर्को एक नाम जोडिएको छ । र उनी हुन् अनुष्का शर्मा ।

केही दिन पहिला विमानस्थमा अनुष्का शर्मा दुई अलग– अलग लुक मा देखिएकी थिइन् । तर यसमा एउटा समानता थियो । समानता हो फेन्डी ह्याण्ड व्याग । पहिलो फोटोमा अनुष्काले कालो रंगको व्याग बोकेकी थिइन् । त्यस्तै अर्को तस्वीरमा पनि उनले कालो फेन्डी ह्याण्ड व्याग बोकेकी थिइन् ।

हिरोइनले बोकेको ब्यागको कुरा किन भइरहेको छ भने यसको मूल्य सुन्दा सायद तपाईलाई पत्याउन मुस्किल पर्छ ।
सामान्य देखिने यो व्यागको मूल्य २ लाख ५० हजार पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ४ : ३४ बजे

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध