भूकम्पले भत्किएको प्रहरी कार्यालय बन्यो, साढे तीन करोडमा सुविधासम्पन्न भवन « Khabarhub

भूकम्पले भत्किएको प्रहरी कार्यालय बन्यो, साढे तीन करोडमा सुविधासम्पन्न भवन


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विसं २०७२ को भूकम्पका कारण विस्थापित बनेको महानगरीय प्रहरी प्रभाग साँखुले २३ महीनापछि आफ्नै प्रहरी भवन पाएको छ । भूकम्पले भवनमा क्षति पुर्‍याएपछि भौतिक संरचनाको पुनर्निर्माण गर्दै लैजाने क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

सोमबार उक्त भवनको उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले सुरक्षाकर्मी सुरक्षित हुँदा मात्रै जनतालाई सुरक्षा दिन सकिने भएकाले प्रहरीको भवन निर्माण अपरिहार्य रहेको बताए ।

जेभी गोकर्णेश्वर काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाडौंबीच भवन निर्माण सम्झौता भएको थियो । उक्त प्रहरी भवन निर्माण सम्पन्न गर्न रु तीन करोड ४४ लाख ७४ हजार ३२० लागत लागेको प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाका इञ्जिनीयर प्रहरी नायब उपरीक्षक फणीन्द्र बरालले जानकारी दिए ।

तीन तलाको सुविधायुक्त महिला, पुरुष हिरासत कक्ष, अपराध अनुसन्धान कक्ष, प्रशासन शाखा, प्रहरी प्रमुख कक्ष तथा प्रहरी ब्यारेकलगायत २१ कोठा रहेका छन् ।

करीब २३ महीना स्थानीय क्लबको टहराबाट सुरक्षा प्रदान गर्दै आएको भए पनि अहिले भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न भवन पाउँदा निकै सहयोग मिलेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : २५ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल