खानेकुराभन्दा धेरै बिक्छ डोटीमा मदिरा, चियाको सट्टा रक्सी ! « Khabarhub

खानेकुराभन्दा धेरै बिक्छ डोटीमा मदिरा, चियाको सट्टा रक्सी !


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटी जिल्लाको सदरमुकाममै रहेको दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा रहेको छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ ।

थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको कलेना गाविसका रुपमा रहेको त्यो क्षेत्र मुख्यतया मदिराले मस्त रहने क्षेत्र हो । तुलनात्मक रुपमा पछिल्लो समयमा केही सुधार देखापरे पनि त्यो सन्तोषजनक छैन । घरमा भैंसी पाल्ने, दूध, दही, घीउ र बारीमा फलेको साग सिलगढी लगेर बेच्ने, अनि रक्सी किनेर पैसा उडाउने कलेनाका अधिकाँश पुरुषको दैनिकी नै भएको छ । दूध, दही, घीउ, सागपात बेच्न घरका महिलाहरु बजारमा जान्छन् तर, श्रीमान्का लागि रक्सी किनेर लगिदिनुपर्ने बाध्यता छ उनीहरुलाई ।

गाउँमा पनि लुकिछिपि रक्सी बेच्नेको कमी छैन । कोही कोही मानिस त बिहान चिया खाने समयमै रक्सी पिउने गरेको अहिले पनि भेट्न सकिन्छ ।

कलेनामा व्यापक रुपमा मदिरा बिक्री वितरण हुन थालेपछि जिल्ला प्रहरी कार्यालय डोटीले सो क्षेत्रमा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । उक्त क्षेत्रमा बिना अनुमतिपत्र मदिरा बेच्नेहरुलाई प्रहरीले पक्राउ गरी धमाधम कार्वाही गर्न थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए । उनले भने – “हामीले जिल्लाका सबै ठाउँमा मदिरा बिक्री वितरणमा कडाइ गरेका छौँ तर, कलेनामा बिहानै रक्सी खाने बढेपछि त्यहाँ अलि बढी कडाइ गर्न बाध्य भएका हौँ ।”

प्रहरीका अनुसार उक्त क्षेत्रमा मदिराकै कारण अहिलेसम्म एक दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् । प्रहरीले यहाँका गाउँ गाउँमा सामुदायिक प्रहरी सेवा गठन गरेर मदिरा सेवना लगायतका विसङ्गतिमा कमी ल्याए पनि कलेनामा खासै सुधार आउन नसकेको स्थानीयवासीको आरोप छ ।

यहाँका व्यापारीहरुको भनाइअनुसार डोटीमा विगतका वर्षदेखि ४० प्रतिशत खाद्यान्न तथा ६० प्रतिशत मदिरा बिक्री वितरण हुने गरेको छ । घरमा भएका कुखुरा, खसीबोका र अन्नपात बेचेर यहाँका स्थानीयवासीले मदिरा पिउने गरेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाउँदै आएको छ । मदिराका कारण डोटीमा हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक घटनाहरु पटकपटक दोहारिइरहे पनि मदिरा बिक्री वितरण नियन्त्रणमा आउन सकेको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : ४३ बजे

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट