न्यूनतम पारिश्रमिकमा किन १ सय ५ डिग्रीको ज्वरोः मन्त्री बाँस्कोटा « Khabarhub

न्यूनतम पारिश्रमिकमा किन १ सय ५ डिग्रीको ज्वरोः मन्त्री बाँस्कोटा


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सबै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको भन्दै त्यस सम्बन्धी निर्णय पुर्नविचार नहुने स्पष्ट पारेको छ ।

नेपाल पत्रकार महासंघमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू गर्ने सर्न्दभमा सरकारले निर्णय गरिसकेकाले अब त्यसको कार्यान्वयन गरिनुको विकल्प नरहेको स्पष्ट पारेका हुन् ।

पत्रकारलाई श्रमको मुल्य देउ भन्दा अधिनायकवाद भन्नु गलत भएको भन्दै उनले प्रेस स्वतन्त्रताको नाममा श्रमको शोषण गर्ने प्रवृत्तिको अन्त्य गरेरै छाड्ने बताए ।

उनले भने ‘श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरुलाई जहिले पनि १ सय ४ होइन १ सय ५ डिग्रीको ज्वरो आउँछ । त्यो ज्वरो आइरहेको म देखिरहेको छु । हेरिरहनेछु । जुन दिनसम्म म यहाँ नेतृत्व गरिरहने छु । म व्याक हुन्न । व्याक हुनुपर्ने कुनै अपराध गरेको छैन ।’

उनले नक्कली कागजात बनाएर स्वतन्त्रताको लडाई लड्ने विषयमा सरकारलाई झुक्काउने प्रयास नगर्न पनि सचेत गराए । खास गरेर ठूला मिडिया संञ्चालकहरुप्रति निकै आक्रामक देखिएका मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक उपलब्ध गराए/नगराएको बारेमा कडा निगरानी गरिने चेतावनी दिए ।

न्यूनतम पारिश्रमीक लागू गर्ने विषय खासमा सरकारको भन्दा पनि पत्रकार र उनीहरुसँग सरोकार राख्ने संस्थाको एजेण्डा हुनुपर्ने बताए । उनले भने ‘म सोध्नु चाहन्छु , यो मुद्दा कसको हो ? सरकारको हो या १२ हजार श्रमजीवीको ?”

आफ्नाविरुद्ध जति नै आलोचना गरेपनि त्यसको कुनै अर्थ नरहेको भन्दै उनले ‘पत्रकारलाई पारिश्रमिक देउ भन्दा अधिनायकवाद भन्नु दिउँसै रात पारे जस्तो हुने’ टिप्पणी गरे । कार्यक्रममा सहभागीहरुले न्यूनतम पारिश्रमिक लागू गर्ने सवालमा साना र ठूला मिडिया हाउसको वर्गिकरण गरेर सोही अनुसारको व्यवस्था गर्न माग गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ३५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको