चकलेटसँगै लघु कथा दिने मेसिन « Khabarhub

चकलेटसँगै लघु कथा दिने मेसिन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी- आजको आधुनिक समयमा विकसित मुलुकहरुमा मानिसहरु निक्कै व्यस्त रहने गर्छन् । विकासकै कारण विभिन्न सुविधा उपलब्ध हुने त्यस्ता मुलुकमा बजारमा विभिन्न सेवा प्राप्त गर्न सकिन्छ ।

तिव्र विकासकै कारण मानिसहरुको हात हातमा स्मार्टफोन र त्यही स्मार्टफोनमार्फत विभिन्न सेवा प्राप्त गरिरहेका हुन्छन् । तर त्यही स्मार्टफोनका कारण धेरैजसो मानिसहरु फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा अव्यस्त हुने गरेका छन् । जसका कारण मानिसहरुमा किताब पढ्ने बानी हराउँदै गएको छ । यसै कुरालाई मध्यनजर गरेर बेलायतको लण्डनमा चकलेट तथा चिसो पेय पदार्थ दिने भेन्डिङ मेसिनले लघु कथा पनि छापेर पढ्नका लागि दिने गरेको छ ।

भेन्डिङ मेसिनले चकलेट तथा चिसो पेय पदार्थ दिने भन्ने कुरा सबैलाई जानकारी भएकै कुरा हो । तर, यो मेसिनले चकलेट तथा चिसो पेय पदार्थसँगै दुईदेखि पाँच मिनेटमा पढी सक्ने छोटो कथा (लघु कथा) पनि प्रिन्ट गरेर पढ्नका लागि दिने गरेको छ । भेन्डिङ मेसिनमार्फत लघु कथा पढ्नका लागि उपलब्ध गराउने उपाय फ्रान्सको एक कम्पनी सर्ट एडिसनले गरेको हो ।

लण्डनमा पछिल्लो समय यस किसिमको सेवा उपलब्ध गराएको कम्पनीले फ्रान्सका साथै अमेरिका, हङकङमा पनि यो मेसिन राख्ने योजना बनाइरहेको छ ।

अहिले मानिसहरु धेरैजसो समय मोबाइल फोनमा व्यस्त रहने भएकाले उनीहरुमा किताब पढ्ने बानी हराउँदै गएको कम्पनीको बुझाइ छ । त्यसैले कम्पनीले मानिसहरुमा फेरि किताब पढ्ने बानीको विकास गराउन यस्तो योजना ल्याएको बताएको छ ।

भेन्डिङ मेसिनबाट प्राप्त लघु कथा निःशुल्क प्राप्त हुने बताइएको छ । यसको विशेषता के हो भने जुन कागजमा लघु कथा छापिएर आउँछ, उक्त कागज पर्यावरण अनुकुल रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ११ : ५४ बजे

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर