टोटनह्याम हट्सपुर च्याम्पियन्सलिगको फाइनलमा « Khabarhub

टोटनह्याम हट्सपुर च्याम्पियन्सलिगको फाइनलमा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- डच टोली आयाक्सविरुद्व नाटकीट जीत हात पार्दै इङलिस क्लब टोटनह्याम हट्सपुर च्याम्पियन्सलिगको फाइनल प्रवेश गरेको छ ।

सेमिफाइनल खेलको दोस्रो लेगमा आयाक्सको घरेलु मैदानमा ३-२ गोलको जीत निकालेपछि समग्रमा ३-३ गोल भएपनि अवे गोलका आधारमा टोटनह्याम विजयी भएको हो।

बुधबार राति भएको दोस्रो लेगको खेलमा घरेलु टोलीले खेलको ५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। आयाक्सका लागि कप्तान माट्टिस डे लिग्टले अग्रता दिलाएका थिए। यसैगरी खेलको ३५ औं मिनेटमा आयाक्सका हाकिम जियाचले गोल गर्दै टोलीलाई पहिलो हाफमा दोब्बर अग्रता दिलाएउन सफल भएका थिए।

पहिलो हाफमा २-० ले अगाडि रहेको आयाक्सविरुद्द दोस्रो हाफमा टोटनह्यामले उत्कृष्ट कमब्याक गर्यो। टोटनह्यामलाई खेलमा फर्काउन लुकाज माउराले ह्याट्रिक गरे। उनले खेलको ५५ औं ५९ औं र खेलको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जीत दिलाएका थिए।

पहिलो लेगमा १-० गोलको जीत हात पारेको आयाक्स दोस्रो लेगमा पराजित भएपछि च्याम्यन्सलिगबाट बाहिरनु परेको हो। जितसँगै टोटनह्याम र लिभरपुल फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै