कर्मचारी भागेपछि वडा ठप्प, ‘चकचके’ भन्दै विद्यार्थी निष्कासित « Khabarhub

कर्मचारी भागेपछि वडा ठप्प, ‘चकचके’ भन्दै विद्यार्थी निष्कासित


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको अन्नपूर्ण पोस्टमा खबर छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए। यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ।

वडा कार्यालयमा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, जन्मदर्ता, विवाहदर्ता, योजना सिफारिस, नागरिकता सिफारिसलगायत वडाबाट हुने काम लिन सास्ती भोग्नुपरेको वडासदस्य चन्द्रशंकर अधिकारीले बताए। ‘वडा कार्यालयबाट धेरै काम हुन्छ, त्यसैले नागरिकको चाप त हुन्छ नै, वडाध्यक्ष, सदस्य र सचिव सबै भूमिगत भए। काममा समस्या छ,’ अधिकारीले भने।

वडा कार्यालयमा हाल आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए पनि आफूले वडा कार्यालयबाट हुने कुराको धेरै अध्ययन गर्न बाँकी रहेको र वडा सचिवसमेत कार्यालयमा नहुँदा समस्या पर्ने गरेको उनले बताए। नजिकै रहेको ३ नम्बर वडाका सचिव लक्ष्मण तामाङलाई २ नम्बर वडाको पनि काम गर्ने जिम्मेवारी दिइएको छ।

कचनकवल गाउँपालिकाले सोमबारदेखि तामाङलाई दुईवटै वडाको जिम्मेवारी दिएपछि केही घन्टा मात्र २ नम्बर वडामा जाने र बाँकी समय ३ मै बस्न थालेका छन्। सेवाग्राही फाइल बोकेर अर्को वडा दौडनुपर्ने बाध्यता रहेको महिला सदस्य मनमाया चौहानले बताइन्। ‘१/२ घन्टा बस्नुहुन्छ, बाँकी समय ३ नम्बरमै रहने हुँदा सेवाग्राही यता र उता दौडनुपर्ने बाध्यता छ,’ उनले भनिन्। वडामा एकजना कार्यालय सहयोगी मीना अधिकारी र कम्प्युटर अपरेटर रेसम तामाङ छन्।

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित शीर्षकको अर्को समाचारमा विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ।

नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन। बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ।

तामाङ गत वर्ष सोही स्कुलमा ‘प्ले गु्रप’ मा भर्ना भएका थिए। यस वर्ष भने विद्यालयले पढाउन नमानेपछि अहिले परिवार समस्यामा छन्। बाबुले अर्कै श्रीमति लिएर गएपछि एक्लिएकी आमासँग बस्दै आएका तामाङको आर्थिक अवस्था कमजोर छ। गरिब परिवारकै भएका कारण तामाङकी आमा घरेलु कामदारका रूपमा भीमसेनगोलाकै जनार्दनकृष्ण श्रेष्ठको घरमा काम गर्छिन्।

त्यस्तै पत्रिकाले ८६ अर्ब ऋण उठाउँदै सरकार, १२ वर्षमा जन्मका आधारमा २ लाख नागरिकता बाँडिएको लगायतका खबरलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : २९ बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका