बिग्रिएको सम्बन्ध सुधार्दै सलमान र अर्जुन नो इन्ट्रीको सिक्वेलमा | Khabarhub Khabarhub

बिग्रिएको सम्बन्ध सुधार्दै सलमान र अर्जुन नो इन्ट्रीको सिक्वेलमा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी– लामो समयदेखिको तिक्ततालाई भूल्दै बलिउड नायक सलमान खान र अर्जुन कपुर सुपरहिट चलचित्र ‘नो इन्ट्री’ को सिक्वेलमा देखिने भएका छन् ।

केही वर्षदेखिको दुश्मनीलाई भूल्दै अर्का नायक शाहरुख खानसँग सम्बन्ध सुधारेका सलमानले अर्जुन कपुरसँगको शीत युद्ध समाप्त गरेका छन् ।

उनीहरुले एउटै प्रोजेक्टमा काम गर्दै छन् । १४ वर्ष अगाडिको चलचित्र नो एन्ट्रीको सिक्वेलमा उनीहरुले एक साथ काम गर्न लागेका हुन् । बोनी कपुरको उक्त प्रोजेक्टमा सलमान र अर्जुनले सँगै काम गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त चलचित्रको छायांकन यसै वर्षको अन्त्य वा आगामी नयाँ वर्षको पहिलो महिनाभित्रमा शुरु हुने बताइएको छ । नो इन्ट्रीमा फरदिन खानले निर्वाह गरेको चरित्रमा अर्जुन कपुरलाई कास्ट गरिने सम्भावना छ । चलचित्रमा सलमान र अर्जुन गुरु चेलाको भूमिकामा देखिने बताइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १२ : ५४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको