बिग्रिएको सम्बन्ध सुधार्दै सलमान र अर्जुन नो इन्ट्रीको सिक्वेलमा « Khabarhub

बिग्रिएको सम्बन्ध सुधार्दै सलमान र अर्जुन नो इन्ट्रीको सिक्वेलमा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी– लामो समयदेखिको तिक्ततालाई भूल्दै बलिउड नायक सलमान खान र अर्जुन कपुर सुपरहिट चलचित्र ‘नो इन्ट्री’ को सिक्वेलमा देखिने भएका छन् ।

केही वर्षदेखिको दुश्मनीलाई भूल्दै अर्का नायक शाहरुख खानसँग सम्बन्ध सुधारेका सलमानले अर्जुन कपुरसँगको शीत युद्ध समाप्त गरेका छन् ।

उनीहरुले एउटै प्रोजेक्टमा काम गर्दै छन् । १४ वर्ष अगाडिको चलचित्र नो एन्ट्रीको सिक्वेलमा उनीहरुले एक साथ काम गर्न लागेका हुन् । बोनी कपुरको उक्त प्रोजेक्टमा सलमान र अर्जुनले सँगै काम गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त चलचित्रको छायांकन यसै वर्षको अन्त्य वा आगामी नयाँ वर्षको पहिलो महिनाभित्रमा शुरु हुने बताइएको छ । नो इन्ट्रीमा फरदिन खानले निर्वाह गरेको चरित्रमा अर्जुन कपुरलाई कास्ट गरिने सम्भावना छ । चलचित्रमा सलमान र अर्जुन गुरु चेलाको भूमिकामा देखिने बताइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १२ : ५४ बजे

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो