डोल्पामा तीन दिनपछि टेलिफोन सेवा सञ्चालन | Khabarhub Khabarhub

डोल्पामा तीन दिनपछि टेलिफोन सेवा सञ्चालन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । सिडिएमए, जिएसएम तथा ल्याण्डलाइन टेलिफोन सेवा बिहीबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो ।

पुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसी लेखमा राखिएको टावरको ट्रान्समिसन उपकरण मर्मत गरेसँगै सदरमुकाम दुनै, जुफाल र माझफालमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका उप–निर्देशक शिवराज खनालले जानकारी दिए । ठूलीभेरी नगरपालिकाअन्तर्गत दुनै र माझफालमा राखिएको जिएसएम टेलिफोन सेवा सञ्चालन भए पनि जुफालमा राखिएको मोबाइल टावरबाट जिएसएम मोबाइल सेवा सञ्चालन हुन सकेको छैन ।

जुफालमा राखिएको टावरबाट जिएसएम मोबाइल सेवा सञ्चालन गराउनका लागि काम भइरहेकाले कहिले सञ्चालन हुन्छ भन्न नसकिने क्षेत्रीय उप–निर्देशक खनालले बताए । मोबाइल टावरसँगै जुफाल र दुनैमा एडिएसएल इन्टरनेट सेवा पनि सञ्चालन भएको छ ।

टेलिफोन टावर सञ्चालनमा आएपछि सेवाग्राही खुशी भएका छन् भने टावर नहुँदा प्रभावित भएको सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज गर्नसमेत सञ्चालन भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ४५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका