यस्तो छ ‘दाल भात तरकारी’ को एक हप्ते कलेक्सन « Khabarhub

यस्तो छ ‘दाल भात तरकारी’ को एक हप्ते कलेक्सन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख २० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ यतिबेला सिनेमा घरमा प्रदर्शन भइरहेको छ । मल्टिस्टारर यो फिल्म कमेडी विधामा निर्माण गरिएको हो । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको चलचित्रले सिनेमा घरमा राम्रै व्यापार गरिरहेको छ ।

प्रस्तुतकर्ता किरण केसीले चलचित्र ‘दाल भात तरकारी’ ले रिलिजको ६ दिनमा २ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेका छन् । उनका अनुसार फिल्मले आज (विहीवार) को बक्स अफिस कलेक्सन बाहेक झण्डै ३ करोडको व्यापार गरेको छ । ‘चलचित्रले राम्रो कमाइ गरिरहेको छ, दर्शकले साथ दिनुभएको छ, यो कमाइ ‘शत्रु गते’ को तुलनामा १ करोड कम हो, फिल्मको कमाइले हामी खुशी छौँ,’ प्रस्तुतकर्ता किरण केसीले खबरहबसँग भने ।

साथै उनले यो फिल्मको व्यापार अझै बढ्दै जाने र झरीका कारण पहिलो दिन सोचेजस्तो व्यापार गर्न नसकिएको पनि दावी गरे ।

कमेडी विधामा निर्माण भएको यो फिल्ममा सुदन केसीको निर्देशन छ । अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथा रहेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ४ : ४२ बजे

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी