अब बाग्लुङका सबै वडामा हेलिप्याड | Khabarhub Khabarhub

अब बाग्लुङका सबै वडामा हेलिप्याड


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट, बाग्लुङ– बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ ।

तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा हेलिप्याड निर्माण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरिएको उक्त समितिले जनाएको छ ।

प्रत्येक स्थानीय तहमा रात्रिकालीन हेलिप्याड र प्रत्येक वडामा हेलिप्याड निर्माणका लागि स्थानीय तह सहमत भई आवश्यक जग्गा उपलब्ध गराउन पनि पहल भइरहेको बताइएको छ । कुनै पनि प्रकारका घटना सुत्केरी र आगलागीका बेला तत्काल उद्धार तथा राहतका लागि हेलिकोप्टर अतिआवश्यक भएकाले स्थानीय तहलाई हेलिप्याड निर्माण गर्न आग्रह गरिएकामा सहमति आइसकेको समितिका अध्यक्ष वेदप्रसाद खरेलले बताए।

सरकारले सुत्केरीको उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने योजना ल्याएका कारण वडावडामा हेलिप्याड निर्माण गर्न थालिएको उनले जानकारी दिए। कुनै पनि घटनाका बेला हेलिकोप्टरबाट उद्धार गर्न अतिसहज हुने भएकाले प्रत्येक वडामा हेलिप्याड निर्माण गर्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। ‘स्थानीय सरकार आइसकेपछि जनतालाई कसरी सेवासुविधा दिने भन्नेमा केन्द्रित छौं’, उहाँले भन्नुभयो, ‘जनताको जिउधनको सुरक्षा गर्ने हाम्रो दायित्व हो ।’

दुर्गम क्षेत्रमा तत्कालै उद्धार गर्ने महत्वपूर्ण साधनको रूपमा रहेको हेलिकोप्टर अवतरणका लागि हेलिप्याड निर्माण गर्न लागिएको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए।

बागलुङ जिल्लामा गत साउनदेखि पुस मसान्तसम्म दैवीप्रकोपको घटनामा पाँच जनाको ज्यान जानका साथै ठूलो परिणममा धनमाल पनि नष्ट भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले उल्लेख गरे।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ८५ वडा छन् । हेलिप्याडका लागि आवश्यक प्राविधिक सहयोग नेपाली सेनाबाट लिइने र यसमा सकेसम्म सरकारी जग्गा नभए स्थानीयवासीको समन्वय र व्यवस्थापनमा प्राप्त जमीन उपयोगमा ल्याइने स्थानीय तहले जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ११ : ०३ बजे

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको