दर्शकले गरे ‘समर लभ’ को प्रशंसा, निर्देशकले भने – दर्शक रुँदै निस्कनुभयो « Khabarhub

दर्शकले गरे ‘समर लभ’ को प्रशंसा, निर्देशकले भने – दर्शक रुँदै निस्कनुभयो


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रवारबाट रिलिज भएको फिल्म ‘समर लभ’ ले आज (शनिवार) दर्शकको साथ पाएको निर्माण टिमले जनाएको छ । पहिलो दिनको तुलनामा आज काठमाडौं तथा मोफसलका विभिन्न हलमा फिल्मले राम्रो व्यापार गरेको निर्देशक मुस्कान ढकालले जानकारी दिए ।

विशुद्ध प्रेमकथामा आधारित यो फिल्म सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित छ । समीक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको यो फिल्मलाई दर्शकले भने रुचाएका छन् ।

पुस्तकमा आधारित भएकाले कतिपयले उपन्याससँग तुलना गरेपनि फिल्मले मन छोएको र दर्शकले निकै मन पराएको निर्देशक ढकालले बताए । काठमाडौंका विभिन्न हलमा पुगेर आफूले प्रतिक्रिया बटुलेको समेत ढकालले बताए । साथै उनले हिजोको तुलनामा आज हलमा दर्शक बढेको उनले स्वीकारे ।

‘हलबाट दर्शक रुँदै निस्कनुभएको छ, काठमाडौं मात्र होइन, मोफसलमा पनि राम्रो प्रतिक्रिया पाएको छु ।’, उनले भने ।

झण्डै तीन वर्ष लगाएर निर्माण गरिएको यो फिल्म नेपालभर मल्टिप्लेक्स तथा सिंगल थियटरमा चलिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ८ : ५१ बजे

‘डेमोक्रेटिक समिट’ मा प्रचण्डको सम्बोधन : संयुक्त वक्तव्यमाथि मौन

काठमाडौँ — ‘डेमोक्रेटिक समिट’ मा नेपालले सहभागिता जनाएको छ ।

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

काठमाडौं । घरेलु मैदानमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल

अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत १७, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३१, २०२३।

माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु

काठमाडौँ- माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।