दर्शकले गरे ‘समर लभ’ को प्रशंसा, निर्देशकले भने – दर्शक रुँदै निस्कनुभयो « Khabarhub

दर्शकले गरे ‘समर लभ’ को प्रशंसा, निर्देशकले भने – दर्शक रुँदै निस्कनुभयो


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रवारबाट रिलिज भएको फिल्म ‘समर लभ’ ले आज (शनिवार) दर्शकको साथ पाएको निर्माण टिमले जनाएको छ । पहिलो दिनको तुलनामा आज काठमाडौं तथा मोफसलका विभिन्न हलमा फिल्मले राम्रो व्यापार गरेको निर्देशक मुस्कान ढकालले जानकारी दिए ।

विशुद्ध प्रेमकथामा आधारित यो फिल्म सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित छ । समीक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको यो फिल्मलाई दर्शकले भने रुचाएका छन् ।

पुस्तकमा आधारित भएकाले कतिपयले उपन्याससँग तुलना गरेपनि फिल्मले मन छोएको र दर्शकले निकै मन पराएको निर्देशक ढकालले बताए । काठमाडौंका विभिन्न हलमा पुगेर आफूले प्रतिक्रिया बटुलेको समेत ढकालले बताए । साथै उनले हिजोको तुलनामा आज हलमा दर्शक बढेको उनले स्वीकारे ।

‘हलबाट दर्शक रुँदै निस्कनुभएको छ, काठमाडौं मात्र होइन, मोफसलमा पनि राम्रो प्रतिक्रिया पाएको छु ।’, उनले भने ।

झण्डै तीन वर्ष लगाएर निर्माण गरिएको यो फिल्म नेपालभर मल्टिप्लेक्स तथा सिंगल थियटरमा चलिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ८ : ५१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित