आज काठमाडौंमा सार्वजनिक बिदा « Khabarhub

आज काठमाडौंमा सार्वजनिक बिदा


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भोटो जात्राको अवसरमा आज (आइतबार) सरकारले काठमाडौं उत्यकामा सार्वजनिक बिदा दिएको छ । आठमाडौं उपत्यकामा आज भोटो जात्रा पर्व मनाइने भएकाले उपत्यकाका २ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको हो ।

भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम छ। त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ।

रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याएको थियो। जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए। गुर्जु पल्टनको सलामी, बाजा, नृत्यसहित रातो मच्छेन्द्रनाथको रथ अघि र पछि मीननाथको रथ थतीचोकबाट जावलाखेल पुर्‍याएको हो।

आइतबार साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ। गुठी संस्थानका प्रमुख पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउनेछन्। आइतबार बिहान आठ बजे बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ। भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै पुर्‍याइनेछ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : ०० बजे

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान