प्रधानमन्त्री कप क्रिकेटको पुरस्कारमा ठगिए खेलाडी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटको पुरस्कारमा ठगिए खेलाडी


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन्। मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार घोषणा गरिएको थियो। तर, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित नेपाल पुलिसका खेलाडी ललितनारायण राजवंशीलाई शनिबार नगद ५० हजार दिएर टारिएको छ। त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५० हजार नगद घोषणा गरेकोमा ३० हजारले मात्रै पुरस्कृत गरियो। उत्कृष्ट बलर राजवंशी नै भएका हुन् भने उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मीका राजु रिजाल हुन्।

उनीहरूलाई शनिबार खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नै पुरस्कृत गरेका थिए। जब कि व्यवस्थापक नेपालय इन्टरनेसनलले प्रतियोगिता सुरु हुनुअघि २ जेठमा पत्रकार सम्मेलन गर्दै विज्ञप्ति नै निकालेर पुरस्कार घोषणा गरेको थियो। यसबारे जानकार मन्त्री विश्वकर्मा र सदस्यसचिव विष्ट शनिबार खेलाडीलाई पुरस्कृत गर्दा थाहा नभएजस्तो गरे। १० जेठदेखि शनिबारसम्म मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा प्रतियोगिताका खेलहरू भएका थिए।

चेक बाउन्सका धेरै उजुरीकर्ता मिटर ब्याजका कारोबारी शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ। अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेका छन्। मातहतका १४ वृत्तमा पनि दैनिक ६५ कै दरले उजुरी पर्छन्। परिसर र वृत्तका उजुरी विश्लेषण गर्दा प्रत्येक दिन सरदरमा दुई करोड रुपैयाँको चेक बाउन्ससम्बन्धी उजुरी कार्यालयमा दर्ता भएको प्रहरी बताउँछ। त्यसमध्ये ५० प्रतिशत उजुरीकर्ता मात्रै वास्तविक पीडित रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। बाँकी ५० प्रतिशत मिटरब्याजीदेखि विभिन्न पेसाका दलाली रहेको प्रहरीले जनाएको छ।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले चेक बाउन्सका उजुरीकर्ता मिटरब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेकाहरू पाइएपछि अब चेकमा उल्लेखित रकमको स्रोत खोजिने बताए। उनले भने, ‘पछिल्लो समय लागू भएको मुलुकी संहिताले चेक बाउन्सलाई फौजदारी मुद्दाअन्तर्गत राखेको छ। वास्तविक पीडितले न्याय पाउने उद्देश्यले कानुनको कल्पना गरिएको हो। तर, पछिल्ला दिन मिटरब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेकाहरूले यसलाई हतियार बनाए। हामी कहाँ आउने अधिकांश उजुरी यस्तै समूहका छन्। त्यसैले प्रत्येक चेकमा उल्लेखित रकमको स्रोत खोज्दै छौँ।’

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : १९ बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन