इटालीले शतप्रतिशत नतिजा निकाल्दा बेल्जियम विजयी « Khabarhub

इटालीले शतप्रतिशत नतिजा निकाल्दा बेल्जियम विजयी


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरो कप छनोटमा समूह आईमा रहेको बेल्जियमले काजकिस्तानलाई पराजित गरेको छ ।

स्पेनिस महारथी रियल मड्रिडमा केही दिन अगाडि आवद्ध भएका इर्डन हजार्ड सम्मिलित बेल्जियमको टोलीले घरेलु मैदानमा काजकिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

काजकिस्तानमाथि शुरुवाती दबाब शृजना गर्न सफल बेल्जियले खेलको ११औं मिनेटमा १–० को अग्रता बनाएको थियो । बेल्जियमका लागि ड्रीस मर्टिन्सले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने १४ औं मिनेटमा टिमोथी केस्टेनले टोलीका दागि दोस्रो गोल गर्दै काजकिस्तानविरुद्ध २–० अग्रता बनाए ।

यस्तै, फरवार्ड रोमेलु लुकाकुले खेलको ५० औं मिनेटमा गोल गर्दै टोलीलाई ३–० गोलको अग्रता दिलाएका थिए । समूह आईमा बेल्जियमले ३ खेलबाट शतप्रतिशतसहित ९ अंक जोडेको छ । अब बेल्जियमले मंगलबार स्कटल्याण्डसंग खेल्नेछ ।

यस्तै, युरो कप छनोटको समूह जे मा रहेको इटालीले लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा ईटालीले ग्रिकमाथि ३–० को नतिजा निकाल्दै लगातार तेस्रो जित सुनिश्चित पारेको हो ।

ईटलीका लागि खेलको २३ औ मिनेटमा निकोलो बरिलाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । यस्तै, लोरेन्जो इनसाईनले ३० औं र लियोनार्दो बोनुचीले खेलको ३३ औ मिनेटमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमै ३–० ले पछि परेको ग्रिक लयमा फर्किन नसक्दा हार व्येहोर्न बाध्य भयो ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १० : ३२ बजे

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा