विश्वविद्यालय शिक्षा समयसापेक्ष हुनुपर्छ : राष्ट्रपति भण्डारी « Khabarhub

विश्वविद्यालय शिक्षा समयसापेक्ष हुनुपर्छ : राष्ट्रपति भण्डारी


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय अर्थतन्त्रमा आवश्यक प्रविधिका सघाउँदै विश्वविद्यालयले विकसित मुलुकमा झैँ शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् ।

उनले भनिन्, “विश्वविद्यालयहरु ज्ञान र अनुसन्धानका आधारमा अगाडि बढ्नुपर्छ । अहिलेको विश्वविद्यालय शिक्षामा अन्तर्राष्ट्रियकरण अपरिहार्य भएको छ । यस दिशामा  त्रिभुवन विश्वविद्यालय अग्रसर हुनुपर्छ ।”

शान्ति र सहिष्णुका अग्रदूत गौतम बुद्धको जन्मस्थल रहेको नेपालमा प्राचीनकालदेखि नयाँ खोज र चिन्तनको परम्परा रहेकाले वर्तमान समयमा शिक्षित र चेनतनशील समुदाय थप नवप्रवर्तनका लागि लाग्नुपर्ने जनाउँदै उनले विश्वमा विज्ञान र प्रविधिले भूमण्डलीकरणमार्फत विश्वलाई ग्राममा रुपान्तरण गरेको सन्दर्भमा लोककल्याणकारी न्यायोजित मानव समाज निर्माणका लागि उच्चशिक्षाले दिशानिर्देश गर्न सक्नुपर्ने बताइन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ११ : १८ बजे

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६