आज राजेश हमालको जन्मदिन: आफ्ना ट्रोलमा आफै रमाउँछन् हमाल | Khabarhub Khabarhub

आज राजेश हमालको जन्मदिन: आफ्ना ट्रोलमा आफै रमाउँछन् हमाल


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायकको उपाधि पाएका राजेश हमाल उमेरले ५० कटिसकेका छन् । तर उनको जोश अझै उस्तै छ, जस्तो जोश उनी यो क्षेत्रमा आउँदा थियो । नेपाली अभिनेतामा बौद्धिक अभिनेताका रुपमा समेत चिनिने राजेश हमाल हालै टेलिभिजन शो ‘को बन्छ करोडपति’ मार्फत दर्शकमाझ आएका थिए ।

उनको व्यस्तता त खासै घटेको छैन, तर उनी फिल्म क्षेत्रबाट भने झण्डै विश्राम लिएको अवस्थामा छन् । उमेरका हिसाबले हमालले निकै ढिलो बिहे गरेका थिए । मधु भट्टराईसँग बिहे गरेका हमालले अहिले आफ्नो वैवाहिक जीवन खुशीसाथ मनाइरहेका छन् । बिहेपछि भने उनलाई फ्यानले सोध्न थालेका छन् – अब बाबु कहिले बन्ने ?

महानायक राजेश हमाल पछिल्लो समय फिल्ममा खासै नदेखिए पनि उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छन् । बेलाबेलामा हमालले सामाजिक सञ्जालमा तस्वीरहरु शेयर गरेर आफ्नोबारेमा अपडेट दिइरहेका हुन्छन् । अर्कातिर सामाजिक सञ्जालमा फ्यानले हमाललाई खुबै ट्रोल बनाइरहेका हुन्छन् ।

रमाइलो कुरा त आफू ट्रोल बने भने राजेश हमालले ती ट्रोल अरुलाई सुनाएर आफैले मजा लिन्छन् । महाशिवरात्रीको दिन शेयर गरेको ट्रोल पनि यस्तै थियो ।

कसैले हमालको तस्वीरलाई शिवजीको तस्वीरझैँ देखिने गरी डिजाइन गरेर सामाजिक सञ्जालमा शेयर गरिदिए । उक्त तस्वीर राजेश हमाल आफैले पनि शेयर गरे । कतिपय अन्तर्वार्तामा पनि हमालले आफूमाथि बनेका जोक्स सुनाएर रमाइलो गर्ने गर्छन् ।

आइतवार (आज) राजधानीमा रातो मच्छिन्द्रनाथको भोटे जात्राको अवसरमा उपत्यकामा विदा दिइएको थियो । उक्त विदा र राजेश हमालको जन्मदिन पारेर एक फ्यानले सामाजिक सञ्जालमा लेखे, ‘रातो मच्छिन्द्रनाथको भोटे जात्रा त बहाना मात्र हो, खासमा आज त राजेश दाइको जन्मदिन भएर आज विदा दिइएको रे !’

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : २० बजे

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं