आज राजेश हमालको जन्मदिन: आफ्ना ट्रोलमा आफै रमाउँछन् हमाल « Khabarhub

आज राजेश हमालको जन्मदिन: आफ्ना ट्रोलमा आफै रमाउँछन् हमाल


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायकको उपाधि पाएका राजेश हमाल उमेरले ५० कटिसकेका छन् । तर उनको जोश अझै उस्तै छ, जस्तो जोश उनी यो क्षेत्रमा आउँदा थियो । नेपाली अभिनेतामा बौद्धिक अभिनेताका रुपमा समेत चिनिने राजेश हमाल हालै टेलिभिजन शो ‘को बन्छ करोडपति’ मार्फत दर्शकमाझ आएका थिए ।

उनको व्यस्तता त खासै घटेको छैन, तर उनी फिल्म क्षेत्रबाट भने झण्डै विश्राम लिएको अवस्थामा छन् । उमेरका हिसाबले हमालले निकै ढिलो बिहे गरेका थिए । मधु भट्टराईसँग बिहे गरेका हमालले अहिले आफ्नो वैवाहिक जीवन खुशीसाथ मनाइरहेका छन् । बिहेपछि भने उनलाई फ्यानले सोध्न थालेका छन् – अब बाबु कहिले बन्ने ?

महानायक राजेश हमाल पछिल्लो समय फिल्ममा खासै नदेखिए पनि उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छन् । बेलाबेलामा हमालले सामाजिक सञ्जालमा तस्वीरहरु शेयर गरेर आफ्नोबारेमा अपडेट दिइरहेका हुन्छन् । अर्कातिर सामाजिक सञ्जालमा फ्यानले हमाललाई खुबै ट्रोल बनाइरहेका हुन्छन् ।

रमाइलो कुरा त आफू ट्रोल बने भने राजेश हमालले ती ट्रोल अरुलाई सुनाएर आफैले मजा लिन्छन् । महाशिवरात्रीको दिन शेयर गरेको ट्रोल पनि यस्तै थियो ।

कसैले हमालको तस्वीरलाई शिवजीको तस्वीरझैँ देखिने गरी डिजाइन गरेर सामाजिक सञ्जालमा शेयर गरिदिए । उक्त तस्वीर राजेश हमाल आफैले पनि शेयर गरे । कतिपय अन्तर्वार्तामा पनि हमालले आफूमाथि बनेका जोक्स सुनाएर रमाइलो गर्ने गर्छन् ।

आइतवार (आज) राजधानीमा रातो मच्छिन्द्रनाथको भोटे जात्राको अवसरमा उपत्यकामा विदा दिइएको थियो । उक्त विदा र राजेश हमालको जन्मदिन पारेर एक फ्यानले सामाजिक सञ्जालमा लेखे, ‘रातो मच्छिन्द्रनाथको भोटे जात्रा त बहाना मात्र हो, खासमा आज त राजेश दाइको जन्मदिन भएर आज विदा दिइएको रे !’

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : २० बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।