साउदी विमानस्थललाई लक्षित गरी हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण गरेको दाबी « Khabarhub

साउदी विमानस्थललाई लक्षित गरी हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण गरेको दाबी


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना–यमनमा सक्रिय क्रिय शिया विद्रोही समूह हुथीले साउदी अरबको जिजान शहरमा रहेको विमानस्थलमा चालकरहित ड्रोन विमानबाट आक्रमण गरेको दाबी गरेको छ ।

हुथी विद्रोही समर्थित यमनको अल मशिराह टेलिभिजनले जिजान शहरमा रहेको विमानस्थलस्थित ड्रोन विमान राखिएको स्थानमा आक्रमण गरेको दाबी गरेको हो ।

घटनामा भएको क्षतिको विवरण भने मशिरा टेलिभिजनले सार्वजनिक गरेको छैन । घटनाबारे साउदी पक्षबाट पनि केही टिप्पणी आइसकेको छैन ।

साउदी अरबले पछिल्ला केही वर्षयता क्षेत्रीय प्रतिद्वन्द्वी इरान समर्थित हुथी विद्रोहीविरुद्ध यमनमा हवाई आक्रमण गर्दै आएको छ ।

यमनको सीमानजिक रहेको जिजान शहरमा हुथी विद्रोहीले बेलाबेला आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : ०२ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम