विदेश भ्रमणमा मोदी– माल्दिभ्सको भ्रमण सकेर श्रीलंका पुगे « Khabarhub

विदेश भ्रमणमा मोदी– माल्दिभ्सको भ्रमण सकेर श्रीलंका पुगे


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– दोश्रो कार्यकाल सम्हालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो विदेश भ्रमणका क्रममा माल्दिभ्सको भ्रमण सकेर श्रीलंका पुगेका छन् ।

नरेन्द्र मोदी शनिबार माल्दिभ्सको भ्रमण पूरा गरी शनिबार नै श्रीलंका पुगेका हुन् ।

उनले श्रीलंकामा त्यहाँका राष्ट्रपति मैत्रिपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिंघे, पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेसहित वरिष्ठ नेताहरुसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका श्रीलंकाली नेताहरुले मोदीलाई दोश्रो कार्यकालमा विजयी भएकोमा बधाई दिएको जनाइएको छ ।

भेटवार्तामा दुई मुलुकका नेताहरुबीच द्विपक्षीय सम्बन्ध, आतंकवाद, सुरक्षा, व्यापार लगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै मोदी गत अप्रिल महिनामा श्रीलंकामा २५० भन्दा धेरैको ज्यान जानेगरी भएको बम विष्फोटपछि श्रीलंकाको भ्रमण गर्ने पहिलो नेता भएका छन् । श्रीलंका भ्रमणका क्रममा उनले बम विष्फोट भएको सेन्ट एन्थोनी गिर्जाघरको समेत भ्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री मोदी आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : १३ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप