भोटोजात्रा: राष्ट्रपतिदेखि सर्वसाधारणले गरे अवलोकन (फोटो फिचर) « Khabarhub

भोटोजात्रा: राष्ट्रपतिदेखि सर्वसाधारणले गरे अवलोकन (फोटो फिचर)


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्राको अवलोकन गरेकी छिन्। राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उनले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गरिन् ।

अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाए ।

सो अवसरमा गुरुज्यूको पल्टनले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो । कार्यक्रममा कावा प्रधानमन्त्री ईश्वर पोखरेल तथा मन्त्रीहरु, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य सहभागी भएका थिए ।

भोटो देखाउनुपूर्व नेवारी पहिरहनमा सजिएका महिलाले नेवारी नृत्य प्रदर्शन गरेका थिए । गुठी संस्थानका प्रमुख पौडेलले मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने विश्वास रहिआएको उल्लेख गरे ।

जात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका जिल्लाबाट समेत जात्रालु सहभागी थिए । राष्ट्रप्रमुखको बिदाइपछि भक्तजनले चामल र फूल चढाएर मच्छिन्द्रनाथलाई बिदा गरे ।

भोटो जात्रा सम्पन्न भएपछि आजै साँझ स्थानीय युवाले रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती फर्काएका छन् भने मछिन्द्रनाथको रथसँगै रहने मीननाथको रथलाई टंगालतर्फ लगियो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ ।

 

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ८ : १४ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल