विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा विशाल प्रदर्शन « Khabarhub

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा विशाल प्रदर्शन


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– विवादास्पद नयाँ सुपुर्दगी विधेयकको विषयमा हङकङमा विशाल प्रदर्शनको आयोजना गरिएको छ ।

विवादास्पद विधेयकको विरोधमा हङकङका सडकमा ५ लाख भन्दा धेरै प्रदर्शनकारी सहभागी छन् । नयाँ सुपुर्दगी विधेयक अनुसार अन्य मुलुकमा अपराधको आरोप लागेका मानिसलाई तेश्रो मुलुक सुपुर्दगी गर्न सकिने प्रावधान रहेको र त्यसले हङकङमा मुख्यभूमि चीनको अनावश्यक प्रभाव बढ्नसक्ने भन्दै विपक्षीले प्रदर्शन गरेका हुन् ।

यसलाई सन् २०१४ मा भएको छाता आन्दोलन यताकै सबैभन्दा वृहद प्रदर्शनका रुपमा लिइएको छ । गत फेब्रुअरीमा सार्वजनिक गरिएको नयाँ सुपुर्दगी कानून अनुसार हङकङका प्रमुखलाई त्यहाँको वर्तमान न्यायिक व्यवस्था विपरित अन्य स्थानमा अभियोग लागेर हङकङमा बसोबास गर्दै आएका मानिसलाई चीनसहित हङकङको न्यायिक अधिकार क्षेत्र बाहिर पनि सुपुर्दगी गर्न सक्ने कार्यकारी अधिकार दिइएको छ ।

यसले हङकङको स्वतन्त्रता तथा न्याय प्रणालीमा असर पार्नसक्ने भन्दै प्रदर्शनको आह्वान गरिएको थियो । तर, सरकारले भने उक्त विधेयकमा अझ सुधार गर्न बाँकी रहेको भन्दै विधेयक पास हुनुअघि धेरै परिमार्जन गर्न लागिएको जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : २३ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले