जागरण अभियानले पार्टीमा नवीन ऊर्जाः सभापति देउवा « Khabarhub

जागरण अभियानले पार्टीमा नवीन ऊर्जाः सभापति देउवा


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सञ्चालन गरेको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार जारी गरेको विज्ञप्तिमा वैशाख २५ गते शुरु भई यही जेठ २५ गते सम्पन्न भएको राष्ट्रिय जागरण अभियानले पार्टीका नेता तथा कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि भई सम्पन्न भएको जनाइएको छ ।

कांग्रेसको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्नुहुने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सम्मान प्रकट गर्दै गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने केन्द्रीय प्रतिनिधिको क्रियाशीलताको सभापति देउवाले प्रशंसा गरेका छन् ।

जागरण अभियानका क्रममा कुशल नेतृत्व गर्ने सबै जिल्ला सभापति र जिल्ला समिति, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैलाई कांग्रेसले बधाई ज्ञापन गरेको छ । कांग्रेसले जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढाउने सङ्कल्प गरेको छ ।

सभापति देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध थप जागरण बढाउँदै एकताबद्ध ढङ्गले अगाडि बढ्न सबैलाई अपिल गरेका छन्। कांग्रेसले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गरी सङ्घीयताको सफल कार्यान्वयन गर्न÷गराउन दबाबको प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : २८ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक