उत्तर प्रदेशमा बस दुर्घटनामा २९ जनाको मृत्यु « Khabarhub

उत्तर प्रदेशमा बस दुर्घटनामा २९ जनाको मृत्यु


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ- भारतको उत्तर प्रदेशमा यात्रुवाहक बस दुर्घटनामा हुँदा २९ जनाको मृत्यु भएको छ ।

सोमवार बिहान भएको दुर्घटना प्रदेश राजधानी लखनउभन्दा ३३६ किलोमिटर टाढा आगरा शहर नजिकै भएको हो । बसमा ५० जना जति यात्रु रहेको र लखनउबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ जाँदै गर्दा सडकबाट पल्टिएको लखनउ प्रहरीले जनाएको छ ।

भारतमा प्रत्येक चार मिनेटमा एउटा सडक दुर्घटना हुने गरेको तथ्यांक रहेको बीबीसीले जनाएको छ । दुर्घटनामा घाइते भएका २० जनालाई स्थानीय बासिन्दाले उद्दार गरेका थिए ।

प्रहरीका अनुसार चालक निदाएर दुर्घटना भएको हो । चालकले निदाएर होस गुमाएपछी दुई तले बस नालीमा पल्टेको थियो।

नयाँ दिल्लीबाट आगरासम्मको १६५ किमी लामो यमुना द्रुतमार्ग भारतकै सबैभन्दा लामो छ लेनको सडक हो। अधिकारीहरूका अनुसार सन् २०१२ मा सो द्रुतमार्ग खुले यता त्यहाँ भएका दुर्घटनाहरूमा करिब ९०० मानिसहरूले ज्यान गुमाएका छन्।

भारतमा आवश्यक मर्मत सम्भार नगरिएका वाहन, नराम्रो तरिकाले गाडी हाँक्नु र सडकको अवस्थालाई सडक दुर्घटनाको कारक मान्ने गरिएको छ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ५६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।