चालू खर्चमा दोहन : सातामा २२ अर्ब, एकै दिनमा ६ अर्ब खर्च « Khabarhub

चालू खर्चमा दोहन : सातामा २२ अर्ब, एकै दिनमा ६ अर्ब खर्च


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चालू आर्थिक वर्षको पछिल्लो १५ दिन (असार १५) देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न शुरु गरेका छन्। विगत वर्षहरुमा जस्तै यो वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बौं रुपैयाँ दोहन गर्न शुरु गरिएको हो। आइतबार (असार २२) मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ चालू खर्चअन्तर्गत भुक्तानी दिइएको नागरिक दैनिकमा खबर छ।

सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ सय ३० दिन (असार १ ) सम्म चालू खर्च दैनिक औसतमा एक अर्ब ८४ करोड रुपैयाँका दरले भएको थियो। तर असार १५ पछिको सात दिनमा भने यो खर्च दैनिक औसतमा सबा ३ अर्ब रुपैयाँका दरले भइरहेको छ।

सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आवको असार १ सम्म ६ खर्ब १० अर्ब रुपैयाँ चालू बजेट खर्च भएको छ। असार १ देखि १५ सम्म खर्च बढेर ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। १५ दिनमा मात्रै ३९ अर्ब रुपैयाँ खर्च भएको छ। यो औसतमा दैनिक २ अर्ब ६० करोड हो। वर्षको अन्तिम दिनतिर झनै खर्च बढेर गएको देखिन्छ। पछिल्लो एक साता (असार १६ देखि २२) मा २२ अर्ब रुपैयाँ खर्च गरिएको छ। असार २२ मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ भुक्तानी दिइएको छ। अब बाँकी ८ दिनमा योभन्दा पनि बढी रकम खर्च हुने निश्चित छ।

मुलुकमा पुँजीगत बजेट वर्षको अन्त्यमा धेरै खर्च हुने प्रणाली बसालिए पनि चालू खर्चका हकमा यस्तो हुनुनपर्ने हो। चालू खर्च वर्षका प्रत्येक महिनामा करिब बराबरका हिसाबले हुनुपर्छ। दसैंखर्च (असोज वा कात्तिक) र कर्मचारीलाई पोसाक भत्ता दिइने चैतमा केही खर्च बढे पनि अन्य महिनाको ठूलो फरक आउनुको औचित्य देखिँदैन। त्यसैले वर्षको अन्त्यमा बजेट बाँकी रहेपछि कर्मचारीको मिलोमतोमा विनियोजित रकम पूरै रित्याउने नियतले खर्च गरिएको हो।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : १२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ