थुनुवा कक्षको रेलिङ काटेर ३ थुनुवा भागे « Khabarhub

थुनुवा कक्षको रेलिङ काटेर ३ थुनुवा भागे


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थुनुवा कक्षको रेलिंग काटेर ३ थुनुवा भागेका छन् । सोमबार मध्यरातमा भैंसेपाटीको प्रहरी कारागारको थुनुवा कक्षमा रहेका ३ जना भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसससपी श्याम ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले भने -‘३ जना थुनुवा भागेका हुन् । उनीहरुको खोजी कार्य जारी छ।’ ३ थुनुवा भागेपछि अहिले राजधानीमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

रेलंग तोडेर भाग्नेमध्ये २ जना डाका मुद्दाका र एक जना लागुऔषदसँग सम्बन्धित थुनुवा हुन् । उनीहरुलाई जावालाखेलबाट भैसेपाटी लगिएको थियो । जावालाखेलमा ठाउँ अभावभएपछि भैसेपाटी लगिएका उनीहरु राति नै भागेका हुन् ।

ड्युटी अफिसर मल्ल छानबिनमा

थुनाव एकाएक फरार भएपछि प्रहरी संगठनमा खैलाबैला मच्चिएको छ। उनीहरु फरार भएपछि ड्युटी अफिसर र इन्चार्ज (इनिस्पेक्टर) किरण मल्ल पनि छानबिनको घेरमा परेका छन् । घटनापछि ड्युटी अफिसर र इन्चार्ज (इनिस्पेक्टर) मल्लसहित चार प्रहरीलाई तत्कालै थप अनुसन्धान भइरहेको छ।

गएराति प्रहरी प्रभाग भैंसेपाटीबाट थुनामा रहेका रविन तिमिल्सेना, सम्शेर माझी र रुद्रलाल श्रेष्ठ थुनुवा कक्षको ग्रील तोडेर फरार भएका थिए।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ९ : १४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ