शुरु भयो साझाको रात्रि सेवा « Khabarhub

शुरु भयो साझाको रात्रि सेवा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा यातायातले रात्रीकालीन सेवा शुरु गरेको छ । पहिलो चरणमा साझाका त्यी बसले रातको ९ बजेसम्म सेवा दिन थालेका हुन् ।

गत बुधवारदेखि तीनवटा रुटमा साझाका तीन बसले सेवा दिइरहेको साझा यातायात सहकारी संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेले खबरहबलाइ जानकारी दिए ।

पाण्डेका अनुसार एनएसी–नयाँ बसपार्क, एनएसी–एयरपोर्ट–चावहिल हुँदै नयाबसपार्क र एनएसी–कालमाटी कलंकीको रुटमा साझाले रात्रीकालीन सेवा दिइरहेको छ ।

‘पहिलो चरण भएकाले रातको ९ बजेसम्म शुरु गरेका हौँ’ उनले भने ‘केही समयपछि रुट थपेर १० बजेसम्म सेवा दिन्छौँ’।

हाल साझा यातायातका ७१ वटा बस छन् । जसमध्ये ४ वटा लामो दुरीमा गुडिरहेका छन् भने ६७ वटा बस उपत्यकाभित्र गुडिरहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ११ : २१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन