शुरु भयो साझाको रात्रि सेवा « Khabarhub

शुरु भयो साझाको रात्रि सेवा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा यातायातले रात्रीकालीन सेवा शुरु गरेको छ । पहिलो चरणमा साझाका त्यी बसले रातको ९ बजेसम्म सेवा दिन थालेका हुन् ।

गत बुधवारदेखि तीनवटा रुटमा साझाका तीन बसले सेवा दिइरहेको साझा यातायात सहकारी संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेले खबरहबलाइ जानकारी दिए ।

पाण्डेका अनुसार एनएसी–नयाँ बसपार्क, एनएसी–एयरपोर्ट–चावहिल हुँदै नयाबसपार्क र एनएसी–कालमाटी कलंकीको रुटमा साझाले रात्रीकालीन सेवा दिइरहेको छ ।

‘पहिलो चरण भएकाले रातको ९ बजेसम्म शुरु गरेका हौँ’ उनले भने ‘केही समयपछि रुट थपेर १० बजेसम्म सेवा दिन्छौँ’।

हाल साझा यातायातका ७१ वटा बस छन् । जसमध्ये ४ वटा लामो दुरीमा गुडिरहेका छन् भने ६७ वटा बस उपत्यकाभित्र गुडिरहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ११ : २१ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने