हरर फिल्म ‘एनाबेल कम्स होम’ हेर्दा दर्शकको ज्यान गएपछि… « Khabarhub

हरर फिल्म ‘एनाबेल कम्स होम’ हेर्दा दर्शकको ज्यान गएपछि…


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हलिउड हरर फिल्म ‘एनाबेल कम्स होम’ले संसारभर दर्शकको साथ पाएको छ । तर, फिल्म हेर्दा एक दर्शकले भने ज्यान गुमाउनुपरेको छ ।

थाइल्याण्डमा एक ७७ वर्षीय वृद्धले फिल्म थिएटरमा फिल्म हेर्दै गर्दा आफ्नो ज्यान गुमाएका हुन् । बर्नार्ड चैनिङ नाम गरेका व्यक्तिको मृत्यु भएको विदेशी मिडियाले जनाएका छन् ।

ब्रिटिशका नागरिक बर्नार्ड घुम्नका लागि थाइल्याण्ड पुगेका थिए । त्यहाँ रहँदा उनले फिल्म हेर्ने योजना बनाए । जुन फिल्म उनका लागि अन्तिम फिल्म बन्यो ।

फिल्म सकिएपछि जब थिएटरमा लाइट बालियो, त्यतिबेला सँगै भएकी महिलाले मृत्यु भइरहेको पाइन् ।

बर्नार्डलाई देखेर ती महिला जोडले चिच्याइन् । उनले आपतकालीन सेवामा फोन गरिन् । केही समयपछि अरु मान्छे पनि आए र एम्बुलेन्स बोलाए । तर, कसैले पनि फिल्म हेर्दा ती वृद्धको कतिबेला मृत्यु भयो भन्ने थाहा पाउन सकेनन् ।

स्थानीय प्रहरीका अनुसार अहिले ती महिलालाई नियन्त्रणमा लिइएको छ । यो बारेमा अझै केही खुलाइएको छैन । ती व्यक्तिमा केही रोग थियो कि, फिल्म हेरेकै कारण ज्यान गयो भन्नेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ३४ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा