मासिक साढे २ लाख लाइसेन्स छाप्ने मास प्रिन्टर आइतबारसम्म आइपुग्ने « Khabarhub

मासिक साढे २ लाख लाइसेन्स छाप्ने मास प्रिन्टर आइतबारसम्म आइपुग्ने


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि प्रतिक्षाको रुपमा रहेको ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ आगामी आइतबारभित्र काठमाडौं आइपुग्ने भएको छ ।

लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास प्रिन्टरसगँ अप्रिल ३० मा ७५ दिनमा मास प्रिन्टर ल्याउने गरि सम्झौता भएकोले २९ गतेभित्र मास प्रिन्टर आइपुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

प्रिन्टर आएपछि टेक्निकल इरर आएन भने इन्स्टल गर्न १५ दिन र अन्य व्यवस्थापन मिलाउन १५ गरी १ महिनाभित्र छपाइमा जान सकिने दाहालले बताए ।

उक्त ‘मास प्रिन्टर’ले दैनिक ८ हजार र मासिक २ लाख ४० हजार लाइसेन्स छप्न सक्ने विभागको दावी छ । हाल प्रक्रिया पूरा गरेका ६ लाख चालकले रसिदकै भरमा सवारी चलाइरहेका छन् ।

विभागको योजनाअनुसार नै काम भयो भने ३ महिनाभित्रै सम्पूर्ण ‘व्याक लक’ हटेर सेवाग्राहीले समयमा लाइसेन्स पाउने दावी गरिएको छ ।

विभागमा भएका ६ वटा मेसिनबाट अहिले दैनिक २५ सयदेखि ३ हजार कार्ड प्रिन्ट हुने गरेको छ । तर आवश्यकता भने करिब ६ हजारको रहेको विभागले जनाएको छ ।

मद्रास प्रिन्टर्सले आइतबारभित्रै मास प्रिन्टर ल्याउन नसके दैनिक रुपमा जरिवाना लिइने विभागका महानिर्देशक दाहालले जानकारी दिए ।

प्रिन्टरसँगै मद्रासले १० लाख कार्ड ल्याउने सम्झौता पनि भएको छ । मद्रास प्रिन्ट्सले २ पटक गरेर १० लाख कार्ड विभागलाई बुझ उनु पर्ने छ । हाल विभागसँग ६० हजार मात्र कार्ड बाँकी छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : २७ बजे

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं