मासिक साढे २ लाख लाइसेन्स छाप्ने मास प्रिन्टर आइतबारसम्म आइपुग्ने « Khabarhub

मासिक साढे २ लाख लाइसेन्स छाप्ने मास प्रिन्टर आइतबारसम्म आइपुग्ने


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि प्रतिक्षाको रुपमा रहेको ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ आगामी आइतबारभित्र काठमाडौं आइपुग्ने भएको छ ।

लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास प्रिन्टरसगँ अप्रिल ३० मा ७५ दिनमा मास प्रिन्टर ल्याउने गरि सम्झौता भएकोले २९ गतेभित्र मास प्रिन्टर आइपुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

प्रिन्टर आएपछि टेक्निकल इरर आएन भने इन्स्टल गर्न १५ दिन र अन्य व्यवस्थापन मिलाउन १५ गरी १ महिनाभित्र छपाइमा जान सकिने दाहालले बताए ।

उक्त ‘मास प्रिन्टर’ले दैनिक ८ हजार र मासिक २ लाख ४० हजार लाइसेन्स छप्न सक्ने विभागको दावी छ । हाल प्रक्रिया पूरा गरेका ६ लाख चालकले रसिदकै भरमा सवारी चलाइरहेका छन् ।

विभागको योजनाअनुसार नै काम भयो भने ३ महिनाभित्रै सम्पूर्ण ‘व्याक लक’ हटेर सेवाग्राहीले समयमा लाइसेन्स पाउने दावी गरिएको छ ।

विभागमा भएका ६ वटा मेसिनबाट अहिले दैनिक २५ सयदेखि ३ हजार कार्ड प्रिन्ट हुने गरेको छ । तर आवश्यकता भने करिब ६ हजारको रहेको विभागले जनाएको छ ।

मद्रास प्रिन्टर्सले आइतबारभित्रै मास प्रिन्टर ल्याउन नसके दैनिक रुपमा जरिवाना लिइने विभागका महानिर्देशक दाहालले जानकारी दिए ।

प्रिन्टरसँगै मद्रासले १० लाख कार्ड ल्याउने सम्झौता पनि भएको छ । मद्रास प्रिन्ट्सले २ पटक गरेर १० लाख कार्ड विभागलाई बुझ उनु पर्ने छ । हाल विभागसँग ६० हजार मात्र कार्ड बाँकी छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : २७ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीको उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका