नालामा डुवेर २ बालकको मृत्यु | Khabarhub Khabarhub

नालामा डुवेर २ बालकको मृत्यु


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके । बर्दियामा घर नजिकैको नालामा डुवेर २ बालकको मृत्यु भएको छ । घरदेखि एक किलोमिटर टाढा खन्नबाबा नालामा डुवेर गुलरिया नगरपालिका वडा नम्वर ३ सिरकैयास्थित कमलु बन्जाराको छोरा बर्ष १० को विकास बन्जारा र शालिकराम बन्जाराको छोरा बर्ष ५ को अनिल बन्जाराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आज (मंगलवार) दिउसो ३ : ४५ बजेको समयमा साथीहरुसँग नुहाउन गएका बालकहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी खैरापुरवाट उद्धार सामाग्रीसहित खटिएको टोलिले उनीहरुलाई खण्डबाबा नालाको कलभर्ड मुनी ५० मिटर तल मृत अवस्थामा फेलापरेको बर्दियाका प्रहरी नायव उपरिक्षक मदन जित महराले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १० : १७ बजे

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र

पर्यटन प्रवर्धन गर्दै चतरा हाइकिङ

काठमाडौं – धार्मिक तीर्थको केन्द्र वराहक्षेत्रका ऐतिहासिक, पुरातात्विक र धार्मिक

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं– स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको

युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

नयाँदिल्ली– सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य

भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

नयाँदिल्ली– भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही