नालामा डुवेर २ बालकको मृत्यु « Khabarhub

नालामा डुवेर २ बालकको मृत्यु


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके । बर्दियामा घर नजिकैको नालामा डुवेर २ बालकको मृत्यु भएको छ । घरदेखि एक किलोमिटर टाढा खन्नबाबा नालामा डुवेर गुलरिया नगरपालिका वडा नम्वर ३ सिरकैयास्थित कमलु बन्जाराको छोरा बर्ष १० को विकास बन्जारा र शालिकराम बन्जाराको छोरा बर्ष ५ को अनिल बन्जाराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आज (मंगलवार) दिउसो ३ : ४५ बजेको समयमा साथीहरुसँग नुहाउन गएका बालकहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी खैरापुरवाट उद्धार सामाग्रीसहित खटिएको टोलिले उनीहरुलाई खण्डबाबा नालाको कलभर्ड मुनी ५० मिटर तल मृत अवस्थामा फेलापरेको बर्दियाका प्रहरी नायव उपरिक्षक मदन जित महराले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १० : १७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ