अपडेट : त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुग्यो « Khabarhub

अपडेट : त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुग्यो


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – त्रिशुलीमा बस खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । झण्डै ४० जना सवार बस त्रिशुलीमा खस्दा २० जनाभन्दा बढि हराइरहेको प्रहरीको अनुमान छ ।

सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मीहरूले उद्दार गरिरहेका छन् । मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना