मेस्सी र रोनाल्डोलाई जित्लान मानेले ? « Khabarhub

मेस्सी र रोनाल्डोलाई जित्लान मानेले ?


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकर अवार्डमा मेस्सी र रोनाल्डो दुवै परेका छन् । तर, उनीहरुलाई टक्कर दिने अर्का खेलाडी पनि लिस्टमा अँटेका छन् । मेस्सी र रोनाल्डोलाई टक्कर दिने अर्का स्टार हुन लिभरपुलका साडियो माने ।

युरोपियन फुटबल महासंघ (युएईएफए) ले बिहीबार साँझ सार्वजनिक गरेको च्याम्पियन्स लिगको मनोनयनमा लिभरपुलका साडियो माने, मेस्सी र रोनाल्डोसँगै स्ट्राइकरको उपाधिका दावेदारमा देखिएका हुन् ।

लिभरपुलका स्टार साडियो माने

धेरैका लागि यो खबरले झस्काउन सक्छ । तर, यो सिजनको रेकर्ड हेर्दा त्यस्तो नलाग्न सक्छ । किनभने, च्याम्पियन लिगमा सुपर स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको भन्दा उत्कृष्ट रेडर्क छ, साडियो मानेको । यो सिजनमा लिभरपुलका लागि १४ गोल गरेका सेनेगलका खेलाडी मानेले अघिल्लो सिजनमा १० गोल गरेका थिए ।

च्याम्पियन लिगमा मानेले औसत ९५ मिनेटमा गोल गरेका छन् । यो रेकर्ड मेस्सी र रोनाल्डोको रेकर्ड भन्दा बढी हो । जबकी रोनाल्डोको रेकर्ड १०७ मिनेट र मेस्सीको रेकर्ड १२७ मिनेटमा एक गोल रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : २३ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत