डिभिजन सडक कार्यालय पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ « Khabarhub

डिभिजन सडक कार्यालय पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरास्थित डिभिजन सडक कार्यालयका प्रमुखसहित ५ जना व्यक्ति ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले ९ लाख घुससहित बिहीबार ५ जनालाई नियन्त्रामा लिएको हो ।

घुससहित पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आयर्चा र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा छन् ।

अख्तियारले ९ लाख रुपैयाँ घुस दिने जीएसआर निर्माण सेवाका प्रोप्राइटर ऋषि गौतमलाई प्रहरीको सहयोगमा पक्राउ गरेको छ ।

अख्तियारका डिभिजन सडक कार्यालयअन्तर्गत कार्यान्वयन भइरहेको विभिन्न योजनाको भुक्तानी तथा पेश्की रकम निकासाका लागि कार्यालय प्रमुख पोखरेलसहितले घुस रकम माग गरेका थिए ।

कार्यालय प्रमुख पोखरेलले माग गरेको घुस रकम बुझाउनका लागि जीएसआर निर्माण सेवाका प्रोप्राइटर ऋषि गौतम आफैं डिभिजन सडकको सरकारी निवास पुगेका थिए ।

घुस रकम दिएलगत्तै सरकारी निवासबाट फरार भएका गौतमलाई पछि प्रहरी परिचालन गरेर पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ११ : ०५ बजे

स्पेन–अस्ट्रिया खेलअघि यस्तो छ दुवै टोलीको अवस्था

काठमाडौं – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई