डिभिजन सडक कार्यालय पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

डिभिजन सडक कार्यालय पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरास्थित डिभिजन सडक कार्यालयका प्रमुखसहित ५ जना व्यक्ति ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले ९ लाख घुससहित बिहीबार ५ जनालाई नियन्त्रामा लिएको हो ।

घुससहित पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आयर्चा र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा छन् ।

अख्तियारले ९ लाख रुपैयाँ घुस दिने जीएसआर निर्माण सेवाका प्रोप्राइटर ऋषि गौतमलाई प्रहरीको सहयोगमा पक्राउ गरेको छ ।

अख्तियारका डिभिजन सडक कार्यालयअन्तर्गत कार्यान्वयन भइरहेको विभिन्न योजनाको भुक्तानी तथा पेश्की रकम निकासाका लागि कार्यालय प्रमुख पोखरेलसहितले घुस रकम माग गरेका थिए ।

कार्यालय प्रमुख पोखरेलले माग गरेको घुस रकम बुझाउनका लागि जीएसआर निर्माण सेवाका प्रोप्राइटर ऋषि गौतम आफैं डिभिजन सडकको सरकारी निवास पुगेका थिए ।

घुस रकम दिएलगत्तै सरकारी निवासबाट फरार भएका गौतमलाई पछि प्रहरी परिचालन गरेर पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ११ : ०५ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ