देशका सबै शहरमा हरियाली बढाइने « Khabarhub

देशका सबै शहरमा हरियाली बढाइने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशभरका सबै शहरहरुमा हरियाली बढाइने बताएका छन् ।

सरकारले देशभरका शहरहरुलाई हरियालीयुक्त बनाउने अभियानलाई जोड दिएको मन्त्री बस्नेतको भनाइ छ ।

मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, सहरहरुलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको पनि बताए ।

वनमन्त्री बस्नेतले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन पनि पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे ।

भू–संरक्षण दिवसको अवसर पारेर शुक्रबार पशुपति क्षेत्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बढ्दो सहरीकरणसँगै वातावरण संरक्षणको विषय चुनौतिको रुपमा उभिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले चालू आर्थिक वर्ष भित्र ५ करोड वृक्षारोपण गर्ने लक्ष्य लिएको पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले वातावरण संरक्षण विश्वभर चुनौतिको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन सम्बन्धित सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : १८ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको