राष्ट्रिय परिचय पत्र वितरण तत्काल स्थगित गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

राष्ट्रिय परिचय पत्र वितरण तत्काल स्थगित गर्न कांग्रेसको माग


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भइरहेकै बेला परिचय पत्र विवरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भइरहेकै बेला सो परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको आरोप लगाए । उनले राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेको दावी गर्दै त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

अर्बौंको बजेट खर्च गरेर परिचय पत्र छपाईको काम सरकारले सुरु गरेपनि सो सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेकाले त्यसबारे सरकारले स्पष्टिकरण दिनुपर्ने काँग्रेस सांसद बडुको भनाइ छ ।

कांग्रेस सांसद अमरेशकुमार सिंहले कानुन विपरित राष्ट्रिय परिचय पत्र विवरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाए । उनले कानुन नै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो ? भनि सरकारलाई प्रश्न गरे ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको बताए । उनले समितिमा बिचाराधिन नागरिकता विधेयक र राष्ट्रिय परिचय पत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अघि बढाउनु पर्ने बताए ।

बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले त्यसलाई खारेज गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ४ : ३२ बजे

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

ढोरपाटन– निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री

‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन

दशैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

चितवन– चितवन राष्ट्रिय निकुञ्जले दशैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने

१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत

यूएई- पाकिस्तानले एशिया कप २०२५ मा बंगलादेशलाई हराउँदै फाइनलमा स्थान

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई