संघीय निजामति सेवा ऐन नमान्ने कर्मचारी संगठनको चेतावनी « Khabarhub

संघीय निजामति सेवा ऐन नमान्ने कर्मचारी संगठनको चेतावनी


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामति कर्मचारीहरुले सरोकारवाला निकायसंग छलफल नै नगरिए ल्याईएको संघीय निजामति सेवा ऐन नमान्ने चेतावनी दिएका छन् ।

शुक्रबार साक्षात्कारमा निर्मचारी कर्मचारी संगठनका प्रमुखहरुले सरोकारवालाले दिएको सल्लाहा सुझावलाई आत्मसाथ गर्नुको सट्टा मनोबल गिराउने काम भएको भन्दै आक्रोश पोखे ।

नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले ऐन बनाउँदा सरोकारपक्षसंग छलफल नगरेकोमा आक्रोश पोखेका हुन् । विधेयकमा गरिएको सामुहिक राजिनामाको व्यवस्था सम्बन्धमा उनले कसैको लहड र आक्रोशका विषय ऐन बन्न नसक्ने दाबी गरे ।

उनले भने, ‘यो बोल्न सजिलो हुन्छ तर कार्यान्वयन गर्न सजिलो छैन । २५ जना एनेस्थेसिया डाक्टरहरुले एकैपटक राजीनामा दिए भने कुनैपनि शल्यक्रिया हुन सक्दैन । यसो हुँदा दिनमा कति मान्छे मर्छन् ? राष्ट्रसेवक र ट्रेड युनियन भनेका मन्त्री र सचिवका चाकडी गर्ने संस्था हुने भनेर कसैले नठानोस् ।

ट्रेड युनियन भनेका अरिंगाल हुन विष निस्कन्छ । मौरी हुन मह निस्कन्छ । मन्त्रालय र राज्यव्यवस्था समिति के चाहन्छ ? विष निकाल्न चाहन्छन् वा मह निकाल्न चाहन्छन् ?” सही अर्थमा राम्रो काम गर्ने भए सरुवालाई पारदर्शी र चक्रिय बनाउन उनले सुझाव दिए ।

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामूहिक राजीनामाको कुराले थप उत्तेजित र आतंकित बनाउने काम गरेको टिप्पणी गरे । समायोजनमा गएका कर्मचारीहरुलाई हाजिर गर्न नदिएर बिच्चलीमा पार्ने काम भएको उल्लेख गर्दे उनले आफुहरुको संयमतता र धैर्यतालाई कमजोरीको रुपमा नलिने चेतावनी दिए ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन बनाउने प्रक्रियामा आफ्नो संगठनको गम्भिर आपत्ति र असहमति रहेको बताए । कर्मचारीहरुको वास्तविक पीरमर्का सम्बोधन गर्ने काम नभए सरकार स्वयंम असफलताको बाटोमा अघि बढ्ने चेतावनी दिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावलले सरोकारवाला पक्षसंग छलफल विना ल्याइएकाले संघीय निजामति सेवा ऐन आफूहरुलाई मान्य नहुने चेतावनी दिए । उनले कर्मचारीको भुमिकालाई नजरअन्दाज नगर्न पनि सरकारलाई सचेत गराए ।

राज्यव्यवस्था समितिबाट हालै पारित निजामति सेवा ऐनमा राखिएको सामुहिक राजीनामा लगायतका विषयमा कर्मचारी संगठनहरुले तीब्र विरोध गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : १३ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा