नेपालीले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकाको एक गुम्बामा राखिने « Khabarhub

नेपालीले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकाको एक गुम्बामा राखिने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित एक गुम्बामा राखिने भएको छ ।
सानफ्रान्स्किोमा रहेको चर्चलाई गुम्बा बनाएर त्यहाँ उक्त बुद्धको मूर्ति राख्न लागिएको हो ।

पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार विरेन्द्र अवालेको समूहले उक्त मूर्ति तयार गरेको हो । उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन् ।

उक्त मूर्तिलाई सोमबार अमेरिका लगिने कार्यक्रम रहेको छ । तामाका उक्त मूर्ति बनाउन दुई वर्ष लागेको मूर्तिकार विरेन्द्रले बताए ।

उक्त मूर्ति हेर्न पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धीलाई यो कामले थप उचाई दिएको बताए । उनले मूर्तिकारको कामको प्रशंसा गर्दै महानगरले कला, संस्कृतिको संरक्षणका प्रतिबद्ध रहेको बताए ।

‘भिला परासोल टेम्पल’ले शाक्य ह्यान्डि क्राफ्टलाई मूर्ति निर्माणको लागि अनुरोध गरेको क्राफ्टका ‘प्रोप्राइटर’सागर शाक्यले बताए । उभिएको बुद्धको उक्त मूर्ति निकै आकर्षक भएको बताउँदै आफ्नो कारखानाबाट धेरै यस्ता मूर्ति विदेश पठाएको जानकारी दिए ।

भिला परासोल टेम्पलका ‘बोर्ड अफ डिरेक्टर’अल्फ्रेड वाङले चर्च किनेर त्यसलाई गुम्बाको रुपमा डिजाइन गरेपछि बुद्धको मूर्ति बनाउन ‘अर्डर’ दिएको बताए ।

बुद्धको मूर्ति प्रतिस्थापनाले गुम्बालाई अझै मनमोहक बनाउने उनले बताए ।

यसैगरी भिला परासोल टेम्पलका अध्यक्ष मरिआन हुङले बुद्धको मूर्ति मिहिनेतका साथ तयार गरेको खुशी व्यक्त गर्दै नेपाली मूर्तिकारको क्षमताको प्रसंशा गरिन् ।

विदेशी पाहुनासँग कुरा गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको पहिचान, कला र संस्कृति भएको बताए । विश्व कला परिषद्ले ललितपुरलाई ३५ औं कला नगरी घोषणा गरेको बताउँदै उक्त घोषणाले कला, संस्कृतिको संरक्षणमा महानगर जिम्मेवार, सर्तक र संवेदनशील भएको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ०० बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार