काठमाडौं– सार्वजनिक यातायातमा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सभासद (पूर्व सांसद) पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा योगेन्द्र घिसिङ छन् । घिसिङ तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए ।
पीडित पक्षको उजुरीका आधारमा पूर्व सभासद घिसिङलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घिसिङलाई भने तत्कालीन माओवादीले नै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको थियो ।
स्थानीय तहको निर्वाचनका बेला आफू निकटका व्यक्तिलाई उम्मेदवार हुन भन्दै टिकट दिएको आरोपमा उनी माओवादीबाट निष्काशनमा परेका थिए ।
प्रतिक्रिया