हिन्दु धर्मप्रति डा. भट्टराईको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष थापा « Khabarhub

हिन्दु धर्मप्रति डा. भट्टराईको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष थापा


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक कार्यक्रममा हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्।

थापाले पूर्व प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको आरोप लगाए।

हिन्दु धर्मले जन्मको आधरमा कहिँ कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउँदै थापाले धार्मिक ग्रन्थ राम्ररी अध्ययन गर्न भट्टराईलाई सुझाव पनि दिए।

थापाले जातीय द्वन्द्व हुने तर्क गर्दै हिँड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय भएको बताए। हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुक ठुला दल, ठुला कर्मचारी र ठुला व्यवसायीको सेटिङमा मनपरी ढंगले सञ्चालन भएको आरोप लगाए।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ५० बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा