यातायात समितिहरुको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन | Khabarhub Khabarhub

यातायात समितिहरुको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले यातायात समिति तथा व्यवसायीहरुको रोक्का रहेका बैंक खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

सरकारले यातायात समितिहरु खारेज गर्दै कम्पनीमा दर्ता गर्नु पर्ने निर्णय गरेपछि यातायात समिति तथा व्यवसायीहरुको बैंक खाता रोक्का गरिएको थियो ।

यातायात क्षेत्रमा भएको सिण्डिकेट तोड्न सरकारले गरेको यो निर्णयसँगै यातायात समितिहरु खारेज भएर कम्पनीमा दर्ता भएपछि राष्ट्र बैंकले रोकिएका खाता फुकुवा गर्न भनेको हो ।

अर्थमन्त्रालयले २०७५ वैशाख २३ गते दुई सय ४३ वटा यातायात समितिहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको निर्देशनपछि बन्द भएका सबै खाता खुलाउन गत साउन १६ गते मन्त्रिपरिषद्ले नै निर्णय गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसबारे अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत १२ गते पत्राचार गरेपछि बैंक खाता फुकुवा गर्न पत्राचार गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । रोक्का भएका समितिहरुको बैंक खातामा भएको रकम कम्पनीको खातामा परिवर्तन गर्ने गरी राष्ट्र बैंकले फुकुवा गरेको हो ।

अर्थको पत्राचारपछि प्रदेश नम्बर १ का ३२, प्रदेश २ का १०, प्रदेश ३ का ११८, प्रदेश ४ का २४, प्रदेश ५ का ४०, प्रदेश ६ का १२ र प्रदेश ७ का ९ गरी २४३ वटै समितिका बैंक खाता राष्ट्र बैंकले बन्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ५६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर