यातायात समितिहरुको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन « Khabarhub

यातायात समितिहरुको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले यातायात समिति तथा व्यवसायीहरुको रोक्का रहेका बैंक खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

सरकारले यातायात समितिहरु खारेज गर्दै कम्पनीमा दर्ता गर्नु पर्ने निर्णय गरेपछि यातायात समिति तथा व्यवसायीहरुको बैंक खाता रोक्का गरिएको थियो ।

यातायात क्षेत्रमा भएको सिण्डिकेट तोड्न सरकारले गरेको यो निर्णयसँगै यातायात समितिहरु खारेज भएर कम्पनीमा दर्ता भएपछि राष्ट्र बैंकले रोकिएका खाता फुकुवा गर्न भनेको हो ।

अर्थमन्त्रालयले २०७५ वैशाख २३ गते दुई सय ४३ वटा यातायात समितिहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको निर्देशनपछि बन्द भएका सबै खाता खुलाउन गत साउन १६ गते मन्त्रिपरिषद्ले नै निर्णय गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसबारे अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत १२ गते पत्राचार गरेपछि बैंक खाता फुकुवा गर्न पत्राचार गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । रोक्का भएका समितिहरुको बैंक खातामा भएको रकम कम्पनीको खातामा परिवर्तन गर्ने गरी राष्ट्र बैंकले फुकुवा गरेको हो ।

अर्थको पत्राचारपछि प्रदेश नम्बर १ का ३२, प्रदेश २ का १०, प्रदेश ३ का ११८, प्रदेश ४ का २४, प्रदेश ५ का ४०, प्रदेश ६ का १२ र प्रदेश ७ का ९ गरी २४३ वटै समितिका बैंक खाता राष्ट्र बैंकले बन्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ५६ बजे

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार उजागर

हनोई- विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत